चेतना नेपाल सूचना तथा सञ्चार सहकारी लि. को व्यवस्थापनमा संचालित यस रेडियो ए.बी.सी ८९.८ मेगाहर्जबाट ५०० वाट क्षमताको प्रशारण उपकरण प्रयोग गरी आफ्नो सेवाको शुरुवात गरेको छ । विहान ४ः०० बजेको शुभ प्रहरबाट राती ११ः०० बजे सम्म १९ घण्टाको समयपरिधिसम्म प्रसारणमा रहेको रेडियो ए.बी.सी ८९.८ मेगाहर्जले सूचनाको विविध क्षेत्र, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, कृषी, विज्ञान, पर्यटन, महिला, बालबालिका, विभिन्न भाषाभाषीलाई समेटिएको कार्यक्रम, जनचेतना, साहित्य तथा विचार र आध्यात्म चिन्तनसम्मका वृहत्तर विधाका कार्यक्रम मार्फत बहुसङ्ख्याकको आवाज बुलन्द गरिरहेको छ । आजको विश्व सूचना र सञ्चारको हो । सूचना तथा सञ्चारले विकास निर्माण, विश्व भातृत्व तथा विश्व शान्तिका क्षेत्रमा चमत्कारिक आबिष्कारहरुमा आÇनो अतुलनिय प्रभाव छोडेको छ । २१ औँ शताब्दीमा सूचना र सञ्चारको अभुतपूर्व सफलताले सिङ्गो विश्वलाई साँघुरो बनाएको परिदृष्य सुनाउन लायक, खोजि गर्न लायक तथा देखाउन लायकको छ । विज्ञानले गरेको चमत्कारीक विकास मध्ये सूचना र सञ्चारको क्षेत्रमा विकासोन्मुख राष्ट्रहरुले आÇनो पहुँचलाई प्रभावकारी बनाउन सकेका छैनन्, भन्ने ठहर हाम्रो छ । हाम्रा उद्देश्यहरु

  • राष्ट्रिय एकता, गौरव तथा स्वाभिमान अभिबृद्धि गर्दै न्याय र लोकतन्त्रको पक्षमा अनुशासित तथा गतिशील संस्कृतिको निर्माण गर्नु,
  • राष्ट्र र राष्ट्रिय भाषा, साहित्य, कला, संस्कृति तथा लोक परम्पराहरुको पहिचान र प्रवद्र्धन गर्नु, सम्वद्र्धन गर्नु,
  • जनता र सरकारका बीच भरपर्दो सम्पर्क माध्यमका रुपमा काम गर्नु,
  • महिला तथा बालबालिकाहरुको हक र अधिकारको संरक्षणका लागि सामुहिक दायित्वको बोध गराउन,
  • पिछडिएका तथा अल्पसंख्यक जाति र वर्गको आवाजलाई प्राथमिकता दिदै उनीहरुको विकासका लागि साझा सहमति कायम गर्नु,
  • शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, मानव अधिकार, शान्ति स्थापना सामुदायिक विकास लगायतका सामाजिक क्षेत्रमा व्यापक जागरण अभिबृद्धि गर्नु,
  • आधुनिक कृषि, विज्ञान तथा प्रविधिका उपलब्धीहरुमा जनताको सुचनाको पहुँच बढाउनु इत्यादि ।