सोमवार, पुस ३, २०७४

धुलिखेलको देविस्थानस्थित वनभोज स्थलमा रेडियो एबिसी एफएम ८९.८ मेगाहर्ज परिवारले वनभोज कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
रेडियोमा कार्यरत समाचार वाचक, कार्यक्रम प्रस्तोता, प्राविधिक एवं प्रशासन तर्फका २५ जना कर्मचारीहरु सम्मिलित उक्त वनभोज कार्यक्रम अवधिभर जाडो मौसम र वर्षाको कारण केही चिसो महसुस भएतापनि मनोरञ्जनले एकदमै तताएको थियो ।
उक्त वनभोज कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर रमेशप्रसाद न्यौपानेले १२ घण्टा लोडसेडिङको अवधिमा पनि निरन्तर प्रशारणमा रहेको रेडियो एबिसीले थप प्रभावकारी कार्यक्रम दिँदै अगाडि बढेको जनाउनुभयो । यस प्रकारको वनभोज कार्यक्रमले कार्यरत रेडियोका कर्मचारीहरुमा सौहार्दता थपि काम गर्नमा थप जोस बढ्ने तथा आगामी दिनमा रेडियोले कृषि कार्यक्रम तथा सन्देशमुलक कार्यक्रम थप प्रभावकारी रुपमा गर्दै जाने र अब केही दिनमै रेडियोले तालिम पनि संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम अवधिभर रेडियोप्रस्तोता, समाचारवाचक एवं प्राविधिकहरुले आआफ्ना प्रतिभा प्रस्तुत गरि कार्यक्रमको रौनकता बढाएको थियो ।