प्रिय कमरेड अभिभादन !
धेरै समय भएछ, हाम्रो भेट नभएको । २०६३ असार ८ गते मेरा अनन्य मित्र केजी बैदारलाई लिएर म हजुरलाई भेट्न लेखराज भट्टको घरमा गएको थिएँ । ती कुरा स्मरण गराउँदै केही वास्तविकता लेख्दै छु । कसै न कसैको माध्यमबाट पक्कै तपाईंले यो पढ्नुहोला । तपाईंले पढ्नु पनि पर्छ । किनभने म तपाईंलाई असाध्य माया गर्छु । विडम्वना अहिले तपाईंलाईं सबैले खेदेको अवस्था हो । त्यसैले त मेरो माया यो सात समुद्र भन्दा पनि गहिरो छ ।
म स्मरण गराउन चाहन्छु २०४९ पुस १७ गते मैले र तीर्थ गौतमले काठमाडौंको बसपार्कबाट पनौती जानी मिनिबस (तत्कालीन मिनी डम्फर)को पहिलो सिटमा राखेर पनौतीको लक्ष्मणसुन्दर सैंजूको घरमा ल्याउँदा मैले पहिलोपल्ट राम्ररी तपाईंलाई हेरेको थिएँ । बाक्ला जुँगा, टिलिक्क चम्काएको छालाका जुत्ता, चम्किला आँखा भएको टोपीप्रति मेरो अगाढ विश्वास थियो कि यो देशमा क्रान्ति गर्नहुन्छ । नभन्दै २०५२ फागुन १ बाट जनयुद्ध सुरु भो । म त्यो बेला कृष्ण सेनको सल्लाहमा कान्तिपुरमा काम गथें । बनेपामा व्यापार थियो – तेजबहादुर मेरा पार्टनर थिए । २०५५ जेठ १० गतेसम्म मलाई मार्ने कुरा थाहा पाएपछि बच्नका लागि मैले मामा नरेन्द्रजंग पिटरलाई गुहारेँ । अनि शक्ति लम्साल, पद्मरत्न तुलाधर, कपिल श्रेष्ठलाई फोन गरेँ । त्यसपछि म तपाईंको पार्टीमा कहिले पनि नलाग्ने निर्णय गर्दै स्वतन्त्र बसेको थिएँ । जब जब घमासान युद्ध हुन्थ्यो तपाइँ अनि बाबुराम, मेरा मामा र मैले चिनेका कोही नमरुन् भन्ने कामना गर्थेँ । २०६२÷०६३ मा जनान्दोलन भयो । मैले सकेको योगदान गरेँ । आन्दोलन सफल भो । तपाईंहरु बालुवाटारमा सार्वजनिक हुनु भो । लगत्तै मेरो मामाको चाँजोपाँजोले हामीले तपाईंलाई कैलालीमा लेखराज भट्टको घरमा १ घण्टा केजी बैदार र मैले भेटेको कुरा दोहो¥याउन चाहन्छु । तपाईंलाई भेटेपछि हाम्रो नाकको सीमा रहेन । बाटोमा हामीले हाम्रो नाककै हेक्का नराखी खुसीमा धेरै कुरा गरेको साँचो हो । यी गन्थन कुरा लेखेर साध्य छैन । म पत्र छोटो पार्दैछु ।
संविधानसभाको पहिलो निर्वाचनमा १२० सिट जितेपछि तपाईंले गलामा पुरिने गरी माला लगाउनु भो । आज त्यो अगाडिको फोटो म नेटमा हेर्छु । साह्रै खिज्याउँछ त्यो फोटोले । आज तपाईंको सिको गर्दै जहाँ पनि तपाईंकै जसरी अरु दलका नेताले माला लगाएर निकै भावुक र गम्भीर भएको देख्दा सारै हाँस उठ्छ हा हा हा । यो संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छु । अहिले देशलाई अघि बढाउने सपना बुन्दा बुन्दै तपाईं काठमार्डौंबाट कसरी पछारिनु भो ? कारण कार्य र परिणाम थाहा होला नि ? तपाईं एक मात्र राष्ट्रिय राजनेता जस्तो हुनुहुन्थ्यो । अब के हुने होला सारै पिर लाग्छ मलाई । जुन दिन तपाईलाई भेटेर मलाई गौरव महसुस भएको थियो, म जस्तै तपाईंलाई भेट्नेहरुलाई देवता भेटेँ भन्थे । तपाईंका नाममा प्रचण्डपथ जिन्दावाद भनेर कति मरे अहिले तपाईंको त्यत्रो विरोध अनि जनमतद्वारा अस्वीकार किन ? किनभने तपाईंका वास्तविक कामरेड छैनन् । मैले पहिले नै जनआस्थामा ‘गद्दारको घरमा हनुमान ढोका’ लेख्दा दोस्रोपल्ट मलाई तिनीहरुले मार्न खोजे । पहिलो चुनाव भयो । तपाईलाई भोट दिएँ । तपाई प्रधानमन्त्री बन्नुभयो, ठूलो पार्टी बन्नुभयो । समय बित्दै गयो, त्यसपछि तपाईंलाई भेट्नै सकिएन ।
एकपल्ट तपाईका स्वकीय सचिवहरुमार्फत भेट्न खोजेको भेट्ने टाइम पनि दिएनन् । धेरै पटक म मेरा कुरा राख्छु भन्ने लागेको थियो । तर भेट दिएनन् । मैले बनेपामा रेडियो खोलेको थिएँ – उद्घाटन तपाईंको हातबाट गर्ने चाहना थियो । तर मलाई त्यो शुभशंकर कँडेलले हाम्रो रेडियो एबिसी नामको अर्को रेडियो खोलेपछि उल्टो मुद्दा गर्नुप¥यो । तपाईंसँग फेरि मेरो मोहभङ्ग भयो । मुद्दा जितेको दिनदेखि तपाईंलाई भेट्न मन लागेन । राजा ज्ञानेन्द्रका सल्लाहकार जस्तै तपाईंका कार्यर्ताहरुको व्यबहार, अनि महाराज भन्दा बढी महँगा तपाईंका दैनिकीहरु ।